बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

झापा-१ बाट विश्वप्रकाश शर्मा एकल सिफारिस, रोल्पाबाट गगन थापासहित पाँचजना सिफारिस

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २३ मंसिर, २०८२ मा प्रकाशित
झापा-१ बाट विश्वप्रकाश शर्मा एकल सिफारिस, रोल्पाबाट गगन थापासहित पाँचजना सिफारिस
काठमाडौं, मंसिर २३ :

आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले विभिन्न क्षेत्रमा उम्मेदवार सिफारिस गर्ने प्रक्रिया तीव्र पारेको छ। यही क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई झापा–१ बाट एकल सिफारिस गरिएको छ। प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिको बैठकले शर्माको नाम एकल रूपमा सिफारिस गरेको कांग्रेस सचिवालयले जनाएको छ।

कांग्रेसले १५ मंसिरमा बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार प्रतिनिधिसभा प्रत्यक्ष तथा समानुपातिक र राष्ट्रियसभाका उम्मेदवार सिफारिसका लागि मातहतका संरचनालाई परिपत्र गरेको थियो।

यस्तै, आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री गगन थापालाई रोल्पाबाट सिफारिस गरिएको छ। कांग्रेस जिल्ला कार्यसमितिको मंगलबार बसेको बैठकले थापाको नाम प्रत्यक्षतर्फ सिफारिस गर्ने निर्णय गरेको हो।

रोल्पाबाट थापासँगै अन्य चार जनाको नाम पनि सिफारिस गरिएको छ। कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार सिफारिस सूचीमा अमरसिंह पुन, मनोजमणी आचार्य, डा. मन्दिप सुवेदी, र ज्ञानबहादुर ओली पनि छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार