बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमालेको महाधिवेशनमा २ हजार ४६३ जना प्रनिनिधि सहभागी हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
एमालेको महाधिवेशनमा २ हजार ४६३ जना प्रनिनिधि सहभागी हुने
काठमाडौं, मंसिर २४ :

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए ।

उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार