बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

महिला पत्रकारहरुलाई मन्त्री खरेलको सुझाव- राजनीतिमा आएर देश चलाउने आँट गर्नुस्

दुई महिनामा २५ भन्दा बढी ठूला भ्रष्टाचारका मुद्दा दायर
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २४ मंसिर, २०८२ मा प्रकाशित
महिला पत्रकारहरुलाई मन्त्री खरेलको सुझाव- राजनीतिमा आएर देश चलाउने आँट गर्नुस्
फाइल तस्बिर ।
काठमाडौं, मंसिर २४ :

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताउनुभएको छ ।

लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा संचारिका समूहले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री खरेलले मुलुकमा सुशासन कायम हुनुपर्ने जनेजी आन्दोलनको प्रमुख मुद्दा भएको भन्दै भ्रष्टाचारको अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्नेतर्फ सरकारले विशेष ध्यान दिएको बताए । त्यसैको परिणाम पछिल्लो दुई महिनामा २५ भन्दा बढि ठूला भ्रष्टाचार प्रकरणमा मुद्धा दर्ता समेत भइसकेको उनले बताए।

मन्त्री खरेलले सतर्कता केन्द्र, अनुसन्धान व्युरो, अख्तियार लगाएतका राज्यका निकायहरुमाथि सरकारले कुनै हस्तक्षेप नगरेको र ती निकायहरुले स्वतस्फूर्त रुपमा प्रभावकारी ढंगले काम गरेको जिकिर गरे। उनले सरकारलाई निर्वाचनको जिम्मेवारी समेत तोकिएकाले समयमा नै निर्वाचन गर्नका लागि सरकारकातर्फबाट सबै तयारी गरिसकेको जानकारी दिए ।

त्यस्तै मन्त्री खरेलले कलम चलाउने पत्रकारहरुमा देशको नेतृत्व गर्ने अवसर सिर्जना भएकाले आगामी निर्वाचनमा महिला पत्रकाहरु राजनीतिमा आएर देश चलाउने आँट गर्न सुझाव समेत दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार