मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति प्रदेश बागमती प्रदेश

पीडित सोध्छन्- मान्छे सुतिरहेकै अवस्थामा डोजर चलाउन मिल्छ?

सरकारबाट मानव अधिकार हनन् भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
पीडित सोध्छन्- मान्छे सुतिरहेकै अवस्थामा डोजर चलाउन मिल्छ?
काठमाडौं, मंसिर २५ :

हेटौँडामा सडक विस्तारको क्रममा घर भत्काउँदा सहन नसकेर तीनजनाले ज्यान गुमाएको दाबी गर्दै पीडित र मानव अधिकारकर्मीहरूले सरकारले मानव अधिकारको घोर उल्लंघन गरेको आरोप लगाएका छन्।

आज राजधानीमा आयोजित पत्रकार सम्मेलनमा योङ इन्डिजिनियस चीफ कमान्डर सनम लिम्बूले  घर भत्काएको सहन नसकेर गुणाबहादुर जोशी र साजन महर्जनले आत्महत्या गरेको र डोजर चलाएकै दिन रामलाल राजथलाको हर्टअट्याकबाट मृत्यु भएको बताए ।

पीडितका अनुसार सरकारले घर निर्माण र किनबेचका सबै प्रक्रिया पूरा गरिसकेको अवस्थामा समेत मुआब्जा नदिई ‘सरकारी जग्गा’ भनेर रातिकै समयमा डोजर चलाएको हो। उनीहरूले मानिस सुतिरहेकै अवस्थामा बल प्रयोग गरिएको र सर्वोच्च अदालतको आदेशसमेत उल्लङ्घन गर्दै सरकारले योजनाबद्ध रूपमा घर भत्काएको आरोप लगाएका छन् । 

मानव अधिकारवादीहरूले घटनालाई ‘राज्य–आतङ्क’को संज्ञा दिँदै विकासको नाममा नागरिकलाई विस्थापित गर्ने प्रवृत्ति निरङ्कुशतापूर्ण भएको बताएका छन्। उनीहरूका भनाइमा सडक विस्तार आवश्यक भए पनि जनताको संरक्षण, प्रक्रिया र क्षतिपूर्ति बिना गरिएको बलपूर्वक कारबाही अस्वीकार्य छ।

पत्रकार सम्मेलनमार्फत पीडितले आफ्नो सम्पत्ति अतिक्रमण गरिएको, सरकारकै नियतबस गैरकानुनी गतिविधि भयो भन्ने आरोप दोहोर्याउँदै छिटो न्याय र क्षतिपूर्तिको माग गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार