
फाइल तस्बिर ।
जेनजी समूहका युवाहरुले सरकारले व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका छन् ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरुले एउटा समूहको दबाबमा गरिएको सम्झौता स्वीकार्य नहुने भन्दै व्यावहारिक, पारदर्शी र सबैपक्षको सहभागितामूलक सम्झौता गर्नुपर्ने जनाएका हुन् ।
पत्रकार सम्मेलनमा जेनजी समूहका प्रतिनिधि अजय सोडारीले जनेजी आन्दोलन चूनावका लागि नभइ मुलुकको परिवर्तनका लागि भएकाले सहमतिमा आफुहरुको सहमति नभएको बताए । उनले सहमतिको मस्यौदाले परिवर्तनको रापलाई छेक्ने काम गर्ने भन्दै अव्यवहारिक सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे ।
त्यस्तै जेनजी प्रतिनिधि रवि किरणले जेनजीसंग बुधबार भएको १० बुँदे सम्झौलाई स्वीकार गर्न नसकिने बताए । उहाले जेनजी आन्दोलनको म्याण्डेड अनुसारअघि बढ्न र सहिद तथा घाइते परिवारको आवाज सुन्न आग्रह गरे ।
त्यस्तै अन्य प्रतिनिधिहरुले वर्तमान सरकार छोटो समयका लागि गठन भएकाले उक्त सम्झौता कार्यान्वयन हुनेमा आशंका व्यक्त गरेका थिए । उनीहरुले सर्वपक्षीय छलफल गरेर निचोडमा पुग्न सरकारलाई सुझाव समेत दिएका छन् । सरकार र जेनजी प्रतिनिधिबीच बुधबार १० बुँदे सहमति भएको थियो । सम्झौता हुँदै गर्दा समेत केही युवाहरुले बुधबार प्रधानमन्त्री कार्यालयमा नै विरोध जनाएका थिए ।