सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका

सुदूरपश्चिम र लुम्बिनीबीच फाइनल खेल शनिबार हुनेछ ।
· बिहीबार, २५ मंसिर, २०८२ मा प्रकाशित
ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका
काठमाडौं, मंसिर २५ :

लुम्बिनी लायन्स दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुगेको छ ।

आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्ग्सलाई ४० रनले पराजित गरेर लुम्बिनी फाइनलमा पुगेको हो । लुम्बिनीले अब फाइनलमा मङ्सिर २७ गते सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । यो सिजनमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ । गत संस्करणको विजेता जनकपुर बोल्ट्स लिग चरणबाटै बाहिरिएको थियो ।

विराटनगर तेस्रो हुँदै प्रतियोगिताको उपाधि होडबाट बाहिरिएको छ । आजको खेलमा जीतका लागि पाएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर ९४ रनमा समेटियो । ब्याटरले  जिम्मेवारी नलिँदा खेल हार्नुपरेको सञ्चारकर्मीसँगको प्रतिक्रियामा विराटनगरका मुख्य प्रशिक्षक धमीका प्रसादले बताए । लक्ष्य सहज रहेको भए पनि ब्याटरहरुले एक सय रन पनि कटाउन नसकेको र यसको जिम्मेवारी पनि ब्याटरहरुले नै लिनुपर्ने उनको भनाइ थियो ।  

लुम्बिनीलाई बढीमा १२० रनमा रोक्ने लक्ष्य रहेको भए पनि १४ रन थप जोडेको मुख्य प्रशिक्षक प्रसादले बताए । पावरप्लेदेखि नै विकेट गुमाउँदै गएका कारण आजको खेलमा हार बेहोर्नुपरेको उनको भनाइ थियो ।

फाइनल पुगेपछि लुम्बिनी लायन्सका ओपनर ब्याटर डार्सी सर्टले लिग चरणबाटै सङ्घर्ष गरेर फाइनल पुगेको बताए । लिग चरणबाटै सबै खेल जित्नैपर्ने स्थितिबाट आएको उल्लेख गर्दै उनले अब फाइनल खेल जितेर च्याम्पियन बन्ने बताए । 

सुदूरपश्चिम र लुम्बिनीबीच फाइनल खेल शनिबार हुनेछ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार