सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु

असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम
सक्रिय न्युज · २ घण्टा अगाडि प्रकाशित
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिए ।

उनका अनुसार आज साँझ ५ बजे मतदाता नामावली प्रकाशन, ५ देखि ६.३० बजेसम्म मतदाता नामावली प्रकाशन उपर दाबी विरोध, बेलुका ८.३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

यस्तै, असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन, अपराह्न ४:३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४:३० देखि साँझ ५:३० बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध, बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।

त्यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने र असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिए ।

मतदानका लागि राष्ट्रिय सभागृह, खुल्ला मञ्च र प्रज्ञा भवनमा तोकिएको छ ।

मतदान सकिएपछि मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार