सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार राजनीति

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने

आज र भोली बन्दसत्रको कार्यक्रम
सक्रिय न्युज · १ घण्टा अगाडि प्रकाशित
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
काठमाडौं, असोज १९ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज  बिहान १० बजे महाधिवेशन स्थल खुल्ला मञ्चमा बस्दैछ ।

कांग्रेस प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेश गर्ने प्रतिवेदन उपर छलफल गर्नका लागि केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरिएको जानकारी दिए ।

असोज १९ र २० गते बन्दसत्रको कार्यक्रम हुनेछ ।

बन्दसत्रमा सभापति गगनकुमार थापाको राजनीतिक प्रतिवेदन तथा महामन्त्रीले विधान संशोधन र कोषाध्यक्षले आर्थिक प्रतिवेदन पेस गर्ने कार्यतालिका रहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार