बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

मन्त्रिपरिषद् चौथोपटक विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २६ मंसिर, २०८२ मा प्रकाशित
मन्त्रिपरिषद् चौथोपटक विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ
काठमाडौं, मंसिर २६ :

सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद चौथो पटक विस्तार भएको छ । आज ४ मन्त्री थपिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चारै मन्त्रीले शपथ लिए । 

मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ,  राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम र माधव चौलागाईं रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन् । चौथोपटक विस्तार भएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।मन्त्री बनेकाहरु मध्ये भण्डारी पूर्वएआईजी हुन् भने चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् ।  त्यस्तै श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी भने इङ्नाम अधिवक्ता हुन् ।

शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे,प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत लगाएतको उपस्थिति रहेको थियो ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार