
सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद चौथो पटक विस्तार भएको छ । आज ४ मन्त्री थपिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित समारोहबीच नवनियुक्त चारै मन्त्रीले शपथ लिए ।
मन्त्री हुनेहरूमा श्रद्धा श्रेष्ठ, राजेन्द्रसिंह भण्डारी र कुमार इङ्नाम र माधव चौलागाईं रहेका छन् । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त चार मन्त्रीहरूमध्ये श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईं वन, भण्डारीलाई श्रम र इङ्नाम भूमि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई नियुक्त गरेका हुन् । चौथोपटक विस्तार भएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।मन्त्री बनेकाहरु मध्ये भण्डारी पूर्वएआईजी हुन् भने चौलागाईं पेसाले जनस्वास्थ्यविद् हुन् । त्यस्तै श्रेष्ठ नेपाल पर्यटन बोर्डकी पूर्वकर्मचारी भने इङ्नाम अधिवक्ता हुन् ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे,प्रधानन्यायाधीश प्रकाशमानसिंह रावत लगाएतको उपस्थिति रहेको थियो ।