काठमाडौं, मंसिर २७ :
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।
उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०: ४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ ।
नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।
समूह ‘ए’ मा भारत, पाकिस्तान, युएई र मलेसिया तथा समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल रहेका छन् । दुवै समूहबाट शीर्ष दुईमा रहने टोलीले सेमिफाइनल खेल्नेछन् । उपाधि भीडन्त पुस ६ गते हुनेछ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै,बन्दसत्रमा पेश गर्ने प्रतिवेदन माथि छलफल हुने
निर्वाचन कार्यतालिका सार्वजनिक,आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु
दसैँ पर्वका लागि मुस्ताङमा भेडाच्याङ्ग्राको व्यापारिक चहलपहल,हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा आइपुगे