सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार खेलकुद क्रिकेट

एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित

· शनिबार, २७ मंसिर, २०८२ मा प्रकाशित
एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित
काठमाडौं, मंसिर २७ :

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।

दुबईको द सेभेन्स रङ्गशाला भएको खेलमा नेपालले श्रीलङ्कालाई जितको लागि ८३ रनको लक्ष्य दिएको थियो ।  श्रीलङ्काले १४ दशमलव ५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २८.५ ओभरमा सबै विकेट गुमाउँदै ८२ रनमा समेटिएको थियो ।

समूह ‘बी’ मा रहेको नेपालले आगामी सोमबार बङ्गलादेशसँग खेल्नेछ । यही मङ्सिर २६ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपालसहित बङ्गलादेश, श्रीलङ्का, अफगानिस्तान, भारत, पाकिस्तान, युएई र मलेसिया सहभागी छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार