काठमाडौं, मंसिर २८ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सोमबार (भोलि) बिहान ९ बजे बस्नेगरी बैठक बोलाएका हुन् ।

बैठकमा सहभागी हुन् केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूलाई अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पछिल्लो राजनीतिक अवस्था, महाधिवेशन र आगामी निर्वाचनको विषयमा छलफल हुने जनाइएको छ ।

यस अघि एक महिनाभन्दा लामो समय बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति तोक्ने निर्णय गरेको थियो । महाधिवेशन निर्वाचन अघि कि पछि गर्ने भन्ने विषयमा कुरा नमिल्दै बैठक निकै लम्बिएको थियो ।