
नेपालमा बाघको अबस्था पत्ता लगाउन बाघ सर्भेक्षण तथा राष्ट्रिय बाघ गणना २०८२ चितवनको सौराहाबाट सुरु भएको छ ।
बाघ गणना प्रत्येक ४–४ बर्षमा गरिदै आएको छ । बाघ गणना नेपालको ५ वटा राष्ट्रिय निकुञ्ज सरक्षित क्षेत्र र वरपरको बाघ पाईने वन क्षेत्रमा गरिने छ । उक्त बाघ गणनाको वनमन्त्री माधव चौलागाईले बाघ गणनामा प्रयोग गरिने स्वचालित क्यामाराको स्विच अन गरेर उद्घाटन गरे ।
उक्त अवसरमा उनले नेपालमा भएको सरक्षणको कार्यले अन्तर्राष्ट्रिय क्षेत्रमा चर्चा हुने गरेको र बाघ गैडा लगायतको वन्यजन्तुले नेपाललाई थप परिचित गराएको बताए । उनले जेनजी आन्दोलनको क्रममा भागेका चोरी शिकारीहरु वन्यजन्तु सरक्षणमा चुनौती भएको र ती कैदीहरुलाई पक्राउ गर्न आफूले सहयोग गर्ने बताए ।
उक्त अबसरमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका सुचना अधिकारी तथा ईकोलोजिष्ट हरिभद्र आचार्यले बाघ गणना चितवन पर्सा क्षेत्र बाट सुरु भएर बाके बर्दिया क्षेत्र र शुक्लाफाटा लालझाडी क्षेत्रमा ८ वटा ब्लक बनाएर सम्पन्न गरिने जानकारी दिए । प्रत्येक ब्लकमा २ किलोमिटर लम्बाई २ किलोमिटर चौडाईको ग्रिड बनाएर स्वाचालित क्यामराबाट ट्रयापिङ्ग गरिने उनले बताए ।
बाघ गणनाको लागि करीब ३ करोड खर्च हुने र १ हजार १ सय क्यामारा प्रयोग हुने उहाले जानकारी दिए । बाघ गणनाको लागि चितवन राष्ट्रिय निकुञ्ज राष्ट्रिय प्रकृति सरक्षण कोषका करीब २ सय ५० जना कर्मचारी र प्राबिधिकहरु सहभागि हुने छन् । बाघ गणना गर्ने कार्य जोखिम पुर्ण चुनौति पूर्ण हुने बाघ गणना सुरु हुँदा देखि नै काम गर्दै आउनु भएका राष्ट्रिय प्रकृति सरक्षण कोषका प्राविधिक तीर्थमान लामाले बताए ।
बाघ पाईने स्थानमा क्यामरा राखेर जगलमा नै क्याम्प खडा गरेर बाघ गणना गर्ने गरिएको उनले बताए । बाघ गणनाको नतिजा बाघ दिवसको अवसरमा सार्वजनिक गर्ने लक्ष्य राखिएको छ । पछिल्लो सन् २०२२ को गणनाअनुसार सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा र बर्दिया राष्ट्रिय निकुञ्जमा एक सय २५ बाघ रहेका छन् । त्यस्तै बाँकेमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको सरकारी तथ्याङ्क छ ।