आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
राजनीति भिडियो

निर्वाचन अनिवार्य छ, जेनजीले पनि सहयोग गर्नुपर्छ : मेयर महर्जन

जेनजीहरूको स्वर परिवर्तन भइरहेकोमा आपत्ति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
निर्वाचन अनिवार्य छ, जेनजीले पनि सहयोग गर्नुपर्छ : मेयर महर्जन
ललितपुर, पुस २ :

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निर्वाचन अनिवार्य रूपमा हुनुपर्ने र त्यसलाई सफल बनाउन जेन–जी पुस्ताले पनि सहयोग गर्नुपर्ने बताएका छन्।

ललितपुर महानगरपालिकाको १०७औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मेयर महर्जनले निर्वाचनप्रति जेन–जीहरूको स्वर परिवर्तन भइरहेकोप्रति आपत्ति जनाए। उनले परिवर्तनका अगुवाहरूले नै निर्वाचनबारे नकारात्मक अभिव्यक्ति दिनु उचित नहुने बताए।

मेयर महर्जनका अनुसार वर्तमान अन्तरिम सरकारको प्रमुख कार्यादेश भनेको फागुन २१ गते तोकिएको निर्वाचन सम्पन्न गरी जनभावनाअनुसार नयाँ निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्नु हो।

उनले निर्वाचन सम्पन्न गर्नु वर्तमान सरकारको संवैधानिक र राजनीतिक दायित्व भएको स्पष्ट पार्दै त्यसमा सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार