बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

कुसोम र कागेश्वरी मनोहराबीच समझदारी पत्रमा हस्ताक्षर

नगर विकासमा सहकार्य गर्ने सहमति
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २ पुस, २०८२ मा प्रकाशित
कुसोम र कागेश्वरी मनोहराबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं, पुस २ :

काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्ट (कुसोम) र कागेश्वरी मनोहरा नगरपालिकाबीच अनुसन्धान, सर्वेक्षण तथा तालिममार्फत नगर विकासमा योगदान पुर्‍याउने उद्देश्यसहित समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ।

सन् १९९३ मा स्थापना भएको अग्रणी व्यवस्थापन शिक्षण संस्था कुसोम र कागेश्वरी मनोहरा नगरपालिकाबीच बुधबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। कुसोमका तर्फबाट डिन प्रो. डा. विजय केसी र नगरपालिकाका तर्फबाट नगरप्रमुख उपेन्द्र कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी पनि सम्झौताका हस्ताक्षरकर्ता रहेका छन्।

सम्झौता हस्ताक्षर कार्यक्रममा साक्षीका रूपमा कुसोमका सहायक प्राध्यापक डा. लालबहादुर पुन र कागेश्वरी मनोहरा नगरपालिकाकी वरिष्ठ अधिकृत सङ्गीता घिमिरे सहभागी थिए।

समझदारीअनुसार दुबै संस्थाले नगरपालिकाको प्राथमिकताअनुसार विभिन्न क्षेत्रमा अनुसन्धान तथा सर्वेक्षण गर्नेछन्। साथै युवा, महिला, लघु, साना तथा मझौला उद्यम (एमएसएमई) र अगुवा कृषकहरूका लागि उद्यमशीलता विकास तथा व्यवसाय प्रवर्द्धनमा सहकार्य गरिनेछ।

यसैगरी स्थानीय व्यवसायी, किसान तथा उद्यमीहरूको क्षमता अभिवृद्धि र सीप विकासका लागि तालिम सञ्चालन गर्ने, नगरपालिकासम्बन्धी नीतिहरूको समीक्षा, विश्लेषण तथा अनुसन्धान गर्ने तथा विद्यार्थीहरूलाई अनुसन्धान, सर्वेक्षण र फिल्डवर्कमा संलग्न गराउने विषयहरू पनि सम्झौतामा समावेश गरिएको छ। सहकार्यको प्रभावकारी कार्यान्वयनका लागि दुबै पक्षले आ–आफ्ना प्रतिनिधि तोक्ने व्यवस्था गरिएको छ।

समझदारी पत्र तीन वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने जनाइएको छ। कुनै पनि पक्षले छ महिनाको लिखित सूचना दिएर सम्झौता अन्त्य गर्न सक्ने व्यवस्था पनि गरिएको छ। सम्झौता समाप्त भए पनि सुरु भइसकेका गतिविधिहरू आपसी सहमतिअनुसार सम्पन्न गरिने उल्लेख गरिएको छ।

यस्तै, सम्झौता कार्यान्वयनका क्रममा कुनै विवाद उत्पन्न भएमा आपसी छलफलमार्फत समाधान खोजिने र असाधारण परिस्थितिमा दुवै पक्ष जिम्मेवार नहुने प्रावधान समेत सम्झौतामा समेटिएको छ।

 

 

 

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार