मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

सचिवमा निर्वाचित महेश बस्नेतले पाए सबैभन्दा बढी मत

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३ पुस, २०८२ मा प्रकाशित
सचिवमा निर्वाचित महेश बस्नेतले पाए सबैभन्दा बढी मत
काठमाडौं, पुस ३ :

नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित सचिवहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

अन्तिम मत परिणामअनुसार बस्नेतले १ हजार ५४४ मत प्राप्त गरे। उनीपछि दोस्रो स्थानमा पद्माकुमारी अर्याल १ हजार ५३० मतसहित रहेकी छन्।

त्यसैगरी छविलाल विश्वकर्माले १ हजार ५०६, शेरधन राईले १ हजार ५०३, हिक्मतकुमार कार्कीले १ हजार ३३७, खगराज अधिकारीले १ हजार २३१, यामलाल कँडेलले १ हजार १८५ र राजन भट्टराईले १ हजार १८१ मत ल्याउँदै सचिवमा निर्वाचित भएका छन्।

त्यस्तै, भानुभक्त ढकाल पनि १ हजार १०८ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। एमाले विधानअनुसार पार्टीमा नौ जना सचिव रहने व्यवस्था छ।

यसैबीच, अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार