काठमाडौं, पुस ३ :

नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट निर्वाचित सचिवहरूमध्ये महेश बस्नेतले सबैभन्दा बढी मत प्राप्त गरेका छन्।

अन्तिम मत परिणामअनुसार बस्नेतले १ हजार ५४४ मत प्राप्त गरे। उनीपछि दोस्रो स्थानमा पद्माकुमारी अर्याल १ हजार ५३० मतसहित रहेकी छन्।

त्यसैगरी छविलाल विश्वकर्माले १ हजार ५०६, शेरधन राईले १ हजार ५०३, हिक्मतकुमार कार्कीले १ हजार ३३७, खगराज अधिकारीले १ हजार २३१, यामलाल कँडेलले १ हजार १८५ र राजन भट्टराईले १ हजार १८१ मत ल्याउँदै सचिवमा निर्वाचित भएका छन्।

त्यस्तै, भानुभक्त ढकाल पनि १ हजार १०८ मत प्राप्त गर्दै सचिवमा निर्वाचित भएका छन्। एमाले विधानअनुसार पार्टीमा नौ जना सचिव रहने व्यवस्था छ।

यसैबीच, अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो पटक निर्वाचित भएका छन्।