काठमाडौं, पुस ३ :

नेकपा (एमाले) को ११ औं महाधिवेशनमा तीनजना सर्वाधिक मत ल्याएर पदाधिकारीमा निर्वाचित भएका छन् । उपाध्यक्ष,अध्यक्ष र सचिवमा निर्वाचित क्रमश: पृथ्वीसुब्बा गुरुङ,केपी ओली र महेश बस्नेतले बढी मत ल्याएका हुन् ।

उपाध्यक्षमा निर्वाचित गुरुङले १७३७ मत प्राप्त गरे । यसैगरी दोस्रोमा सर्वाधिक मत पाएर ओली निर्वाचित भए। उनले  १६६३ मत प्राप्त गरे ।  यस्तै सचिवमा बढी मत ल्याएर महेश बस्नेत निर्वाचित भएका छन् । उनलाई १५४४ मत प्राप्त भएको छ ।