
फाइल तस्बिर ।
काठमाडौं, पुस ३ :
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोल नेकपा एमालेको केन्द्रीय सदस्यमा भारी मतसहित निर्वाचित भएकी छन्।
एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनमा डंगोल राजधानी विशेष क्लस्टरअन्तर्गत ४० वर्षमुनिको युवा समूहबाट अत्यधिक मत प्राप्त गर्दै विजयी भएकी हुन्।
एक जना मात्रै निर्वाचित हुने उक्त क्लस्टरमा डंगोलले १ हजार ६६८ मत प्राप्त गरिन्। उनका प्रतिस्पर्धीहरू भने निकै पछि परेका छन्। निकटतम प्रतिस्पर्धी सन्तोष खड्काले ३३० मत ल्याउँदा राजन थापाले २२९ मत मात्र प्राप्त गरे।
भारी मतान्तरसहितको यो जितले सुनिता डंगोल एमालेभित्र लोकप्रिय तथा प्रभावशाली युवा नेतृका रूपमा स्थापित भएको संकेत गरेको छ।