मोरङ, पुस ४ :

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताएका छन् ।

मोरङको सुन्दरहरैंचा नगरपालिका- ४ का स्थानी नेताहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले फागुन २१ गते हुने तय भएको प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुनैपर्ने बताए ।

निर्वाचनले मात्रै संविधान बचाउने र मुलुकलाई सक्रमणबाट जोगाउने  भन्दै कोइरालाले निर्वाचनको मिति कुरेर बसेको बताए । तर सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको उल्लेख गर्दै  निर्वाचन हुनेमा आशंका व्यक्त गरे ।