सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति प्रदेश कर्णाली प्रदेश

कर्णाली प्रदेश सुरक्षा समितिको बैठकमा सहभागी हुन गृहमन्त्री सुर्खेतमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
कर्णाली प्रदेश सुरक्षा समितिको बैठकमा सहभागी हुन गृहमन्त्री सुर्खेतमा
फाइल तस्बिर ।
सुर्खेत, पुस ८ :

गृहमन्त्री ओमप्रकाश अर्याल कर्णाली प्रदेशको प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा सहभागी हुन सुर्खेत पुगेका छन् । प्रदेशस्तरीय सुरक्षा समितिको बैठकका लागि गृहमन्त्रीको टोली आज सुर्खेत पुगेको हो । टोलीमा गृहसचिव रामेश्वर दंगाल, प्रवक्ता आन्नद काफ्लेलगायत छन् ।

यसैगरी प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल, नेपाली सेनाका रथि गणेश कुमार श्रेष्ठ लगायतको टोली पनि आजै सुर्खेत पुग्दै छन् ।

भोलि हुने बैठकमा आगामी निर्वाचनको सुरक्षा व्यवस्थापन, प्रदेशको सुरक्षा चुनौतीबारे छलफल हुने बताइएको छ । यसैबीच गृहमन्त्रीले आज भेरी बबई डाईभर्सनको अनुगमन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार