काठमाडौं, पुस ८ :

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न राजनीतिक दलहरुको साथ र सहभागिता अपरिहार्य रहेको बताएका छन् । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको निरीक्षणका क्रममा मन्त्री खरेलले यस्तो बताएका हुन् ।

सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने कुरामा सरकार गम्भीरताका साथ अघि बढिरहेका उनको भनाइ छ । जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालय ध्वस्त भएको अवस्थामा पनि दलहरुको साथ रहेको भन्दै उनले आगामी चुनाव सुनिश्चित गर्नका लागि दल र सरकारबीच दोहोरो संवादको प्रयास गरिएको धारणा राखे।

त्यस्तै सरकारी वार्ता टोलीका संयोजक तथा कानुनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा पार्टी भवनमा क्षति पुगेपनि मुलुकलाई निकास दिन दलहरुको भूमिका अपरिहार्य हुने बताएका छन् । उनले चुनावलाई सहज रुपमा अघि बढाउनका लागि दलहरुको अपेक्षा पूरा गर्न सरकार तयार रहेको उल्लेख गरे।