मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

महाधिवेशनको तालिका केही पर धकेलिन सक्छ : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ८ पुस, २०८२ मा प्रकाशित
महाधिवेशनको तालिका केही पर धकेलिन सक्छ : शेखर कोइराला
काठमाडौं, पुस ८ :

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन केही लम्बिन सक्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित किशुनजीको जीवन र व्यक्तित्व विषयक कार्यक्रममा कोइरालाले आफू तोकिएको समयमा नै महाधिवेशन गर्नुपर्ने पक्षमा नै रहेको भन्दै क्रियाशील सदस्यका विषयमा भएको ढिलाइने महाधिवेशन केही लम्बिन सक्ने देखिएको बताए । 

नयाँ क्रियाशील सदस्य वितरणका क्रममा देशभर सिरियल नम्बर नै नभएको काजगात पठाएपछि आफू चनाखो भएको उनले बताए । कोइरालाले महाधिवेशन केही लम्बिए पनि त्यसले खासै फरक नपर्ने धारणा राखे ।

उनले विशेष अधिवेशनको माग गर्ने र चुनावपछि महाधिवेशन गर्नुपर्छ भन्ने समूहले आफूलाई खेलाउन खोजेको महसुस भएपछि चुनावअघि नियमित महाधिवेशन हुनुपर्छ भन्नेमा आफूले मागमा अडिक भएको बताए।  

शान्ति सुरक्षाको पूर्ण रुपमा प्रत्याभूति नभएसम्म हुन नसक्ने भन्दै उनले चुनावको नाममा धाँधली गरेर कसैलाई जित्न नदिने उल्लेख गरे । उनले देश यहि अवस्थामा रहन्छ वा रहदैन भन्नेमा चिन्ता गर्नुपर्ने अवस्था देखिएको बताए ।

कोइरालाले आगामी दिनमा नेपालमा फेरि अर्को दुर्घटना हुन सक्ने भन्दै त्यसलाई रोक्न सवै गम्भीर हुनुपर्नेमा जोड दिए । जेनजीको आन्दोलनका क्रममा भाद्र २४ गतेको घटना नेपालको राष्ट्रियता कमजोर भएर घटेको हिंसा भएको उनको भनाइ छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार