
काठमाडौं, पुस ९ :
प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै अभियन्ता डा. निकोलस भुसालले राजधानीको माइतीघर मण्डलामा आमरण अनसन सुरु गरेका छन्। भुसालले मंगलबार राति १० बजेदेखि आमरण अनसन थालेको हुन्।
वर्तमान सरकारले जेनजी आन्दोलनको भावना अनुसार काम नगरेको आरोप लगाउँदै डा भुसाल पनि जेनजीलाई समर्थन गर्दै विरोध प्रदर्शनमा समेत निरन्तर सहभागी हुँदै आएका छन्।
मिराज ढुंगानाको नेतृत्वमा रहेको संयुक्त जेनजी आन्दोलनले केही दिनदेखि माइतीघरमै आन्दोलन गर्दै आएको छ। उक्त आन्दोलनमा समेत डा. भुसाल सक्रिय रूपमा सहभागी हुँदै आएका थिए।