काठमाडौं, पुस ९ :

नेपाली कांग्रेस निकट शुभेच्छुक संस्था नेपाल अध्यापक संघको प्रथम महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदैछ ।  

महाधिवेशनको कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको स्मृति भवन, कीर्तिपुरमा उद्घाटन गर्ने कार्यक्रम  रहेको  संघले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा लगायत वरिष्ठ नेताहरूको उपस्थिति रहनेछ ।

संस्थागत तथा निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरू आबद्ध संघको पहिलो महाधिवेशनबाट आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनुका साथै संस्थागत तथा निजी विद्यालयमा कार्यरत शिक्षक–कर्मचारीका पेशागत हकहित, अधिकार र शैक्षिक सरोकारका विषयमा छलफल हुने बताइएको छ ।