बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल #शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ#हिमाली क्षेत्रमा जलवायु परिवर्तन#अर्णव चक्रवात#आन्ध्र प्रदेश#जनधनको क्षति#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल
समाचार प्रदेश बागमती प्रदेश

थलीको एक गाईगोठमा आगलागी, तत्कालै नियन्त्रणमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १० पुस, २०८२ मा प्रकाशित
थलीको एक गाईगोठमा आगलागी, तत्कालै नियन्त्रणमा
काठमाडौं, पुस १० :

कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ४ थलीस्थित सिंखडा गाउँमा रहेको एक गाईगोठमा बुधबार साँझ आगलागी भएको छ।

विश्व सिंखडाको घरसँगै जोडिएको गाईगोठमा अचानक आगलागी भएको हो। आगलागीको सूचना प्राप्त हुनासाथ नेपाली सेना, नगरपालिकाको दमकल, नगर प्रहरी तथा स्थानीयवासीको सक्रिय सहभागितामा आगो तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीका क्रममा निस्किएको धुवाँका कारण छिमेकका दुई जना व्यक्ति बेहोस भए पनि उनीहरूलाई तत्काल उद्धार गरी अस्पताल पठाइएको थियो। हाल उनीहरूको अवस्था खतरा मुक्त रहेको बताइएको छ।

समयमै आगो निभाइएकाले मानवीय तथा ठूलो भौतिक क्षति हुन नपाएको प्रहरीले जनाएको छ। नगरपालिकामा दमकल उपलब्ध भएकाले आगलागी नियन्त्रणमा उल्लेखनीय सहयोग पुगेको र नगर प्रहरीलाई समयमै प्रदान गरिएको तालिमका कारण उद्धार तथा नियन्त्रण कार्य कुशलतापूर्वक सम्पन्न भएको जनाइएको छ।

नगरपालिकाले दुई महिनाअघि जापान सरकारबाट सहयोगस्वरूप प्राप्त गरेको अत्याधुनिक दमकल यस्ता घटनाका लागि वरदान सावित भएको नगरपालिकाले जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार