
भक्तपुर, पुस ११ :
सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्।
शुक्रबार बिहान भक्तपुरको गुण्डुस्थित ओलीको निजी निवासमा भएको भेटमा आगामी निर्वाचनको तयारी, निर्वाचनको वातावरण निर्माण र राजनीतिक सहमतिका विषयमा छलफल भएको बताइएको छ। भेटमा ओलीमाथि लगाइएको काठमाडौं उपत्यकाबाहिर यात्रा प्रतिबन्धको विषयसमेत छलफलमा आएको छ।
सरकारले यो भेटघाटलाई राष्ट्रिय सहमतिको प्रयासका रूपमा लिएको छ। यसअघि खरेलले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए भने शुक्रबार नै नेकपाका संयोजक पुष्पकमल दाहालसँग खुमलटारमा भेट्ने तालिका रहेको छ। सरकारले प्रमुख दलका शीर्ष नेतासँग छुट्टाछुट्टै भेट गरी निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउने प्रयास गरिरहेको छ।