काठमाडौं, पुस ११ :

सरकारले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको वातावरण सहज बनाउन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद हटाउने संकेत गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले शुक्रबार भक्तपुरको गुण्डूमा ओलीसँग दुई घण्टा लामो भेटपछि निर्वाचन सफल बनाउन सबै अवरोध हटाइने बताएका हुन्। उनले फागुन २१ को निर्वाचनलाई ‘राजनीतिक महोत्सव’को संज्ञा दिएका छन्।

मन्त्री खरेलले यसअघि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गरी निर्वाचनमा केन्द्रित छलफल गरेका थिए। उनले आजै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका छन् । सरकार राष्ट्रिय सहमतिका आधारमा निर्वाचन सम्पन्न गर्न सक्रिय रहेको खरेलको भनाइ छ।