नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिकको सूची बुझाउने भएको छ ।
पार्टी कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकमा समानुपातिक उम्मेदवार चयनबारे छलफल भएको र सोमबारसम्म टुङ्गो लगाएर आयोगमा बुझाइने कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
कार्यसम्पादन समितिले प्रदेशका नेताहरु छलफल गरेको र छलफलका आधारमा सूची बनाएर सोमबार आयोगमा बुझाइने उनले बताए । उनले समानुपातिक सूची बुझाउनुपर्ने भएकाले आइतबारको बैठक त्यसमा केन्द्रीत भएको जानकारी दिए ।
त्यस्तै प्रवक्ता महतले रास्वपा र बालेन शाहबीच भएको एकताको सहमतिले खासै प्रभाव नपर्ने बताए । रवि लामिछाने र बालेनको बारेमा धेरै ठूलो प्रश्न उठेकाले जनताले मूल्याङ्नक गरिरहेको उनले बताए ।
प्रवक्ता महतले अहिले पनि पुराना दलमा कांग्रेस नै विश्वसनीय पार्टी भएको दाबी गरे । रवि लामिछाने र बालेनमाथि उठेका प्रश्न गम्भीर रहेकाले उनीहरुले मिलेकोमा आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने