सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति प्रदेश कोसी प्रदेश भिडियो

फागुन २१ को निर्वाचन भयरहित र निष्पक्ष गराउन सरकार सक्षम छ : गृहमन्त्री अर्याल

· बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
फागुन २१ को निर्वाचन भयरहित र निष्पक्ष गराउन सरकार सक्षम छ : गृहमन्त्री अर्याल
विराटनगर, पुस १६ :

गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गतेको निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा सम्पन्न गर्ने मूल ध्येयका साथ सरकार अघि बढिसकेको बताएका छन् ।

गृह मन्त्रालय र कोसी प्रदेश सरकारले बुधबार विराटनगरमा आयोजना गरेको निर्वाचन केन्द्रित सुरक्षा गोष्ठीमा मन्त्री अर्यालले सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूतिसहित तोकिएकै मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढिरहेको बताएका हुन् ।

जेनजी आन्दोलनका क्रममा लुटिएका हतियार र फरार कैदीबन्दीलाई प्रमुख सुरक्षा चुनौतीको रुपमा औँल्याएको विषयप्रति सरकार संवेदनशील भएर काम गरिरहेको उनले बताए। उनले भयरहित निष्पक्ष र शान्तिपूर्ण चुनावको तयारीका लागि सरकारले चालेका कदमहरुमध्ये सुरक्षा गोष्ठी पनि एक भएको धारणा राखे । सरकारले निर्वाचनपूर्व, निर्वाचनको अवधि र निर्वाचनपश्चातका कार्यहरुमा समेत प्रदेश सरकारको सक्रियता रहने गरी संयन्त्रहरु बनाएको उनको भनाइ छ ।

बैठकमा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भने शान्ति सुरक्षाको अवस्था अझै सुदृढ नभएकाले चुनावको नाममा अर्को मुढभेड र द्वन्द्वतर्फ अघि बढ्न नहुने बताए। सरकार संयमित भएर निर्वाचन हुने वातावरण भए सवै पक्ष निर्वाचनमा होमिने उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले गैरदलीय सरकारलाई तटस्थ भएर निर्वाचन गराउन आग्रह गरे। सुरक्षाकर्मीलाई उच्च मनोवल बनाउनका लागि आवश्यक साधनस्रोतले सम्पन्न बनाउन गृह मन्त्रालयलाई मुख्यमन्त्री कार्कीले ध्यानाकर्षण गराए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार