बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १६ पुस, २०८२ मा प्रकाशित
लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउन आदेश
काठमाडौं, पुस १६ :

पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतले आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा राखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते पूर्वमन्त्री गुप्तासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उक्त मुद्दामा तत्कालीन नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा पूर्वमन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएकी छन्।

अख्तियारका अनुसार तत्कालीन मन्त्री गुप्ताले कास्कीस्थित मालपोत कार्यालयका प्रमुख अधिकारीको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य नियुक्त गरिदिने आश्वासन दिँदै एक घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको प्रमाण फेला परेको थियो। यही आधारमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो।

अख्तियारद्वारा भूमि आयोग कास्कीका अध्यक्ष पोखरेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
 

यसैगरी अख्तियारले पूर्वमन्त्री गुप्ता र रञ्जिता श्रेष्ठले आपसी मिलेमतोमा पदको दुरुपयोग गर्दै विभिन्न कार्य सुविधा उपलब्ध गराइदिने प्रयोजनका लागि २५ लाख रुपैयाँ घुस लिएको अभियोग पनि लगाएको छ।

लिचीबारी प्रकरणसँग जोडिएको यो मुद्दा उच्च तहका राजनीतिक व्यक्तिहरू संलग्न भएकाले थप अनुसन्धान र सुनुवाइलाई चासोका साथ हेरिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार