
गृहमन्त्री ओमप्रकाश अर्यालले डा. निकोलस भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । उनलाई भेट्न वीर अस्पताल पुगेका मन्त्री अर्यालले उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता समेत जनाए । ।
जेन–जी आन्दोलनका माग पूरा नभएको भन्दै भुसालले गत पुस ८ गतेदेखि माइतीघरमा अनसन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि भुसाललाई माइतीघरबाट उपचारका लागि बुधबार वीर अस्पताल पुर्याइएको थियो ।
जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने , संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा उनको मुख्य माग रहेका छन् ।