सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

निकोलस भुसाललाई अनसन तोड्न गृहमन्त्रीको आग्रह, उचित सबै माग सम्बोधन हुने प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
निकोलस भुसाललाई अनसन तोड्न गृहमन्त्रीको आग्रह, उचित सबै माग  सम्बोधन हुने प्रतिबद्धता
काठमाडौं, पुस १७ :

गृहमन्त्री ओमप्रकाश अर्यालले डा. निकोलस भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् । उनलाई भेट्न वीर अस्पताल पुगेका मन्त्री अर्यालले उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता समेत जनाए । ।

जेन–जी आन्दोलनका माग पूरा नभएको भन्दै भुसालले गत पुस ८ गतेदेखि माइतीघरमा अनसन सुरु गरेका थिए । स्वास्थ्यमा समस्या देखिन थालेपछि भुसाललाई माइतीघरबाट उपचारका लागि बुधबार वीर अस्पताल पुर्‍याइएको थियो ।

जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने , संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा उनको मुख्य माग रहेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार