सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछ : गृहमन्त्री अर्याल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १७ पुस, २०८२ मा प्रकाशित
वर्तमान सरकारले निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्नेछ : गृहमन्त्री अर्याल
काठमाडौं, पुस १७ :

गृहमन्त्री ओमप्रकाश अर्यालले  वर्तमान सरकार विधिको शासन, भ्रष्टाचारमुक्त प्रशासनको प्रत्याभूति गर्दै सुशासन कायम गरी निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यसहित निर्वाचनको तयारीमा लागिसकेको बताएका छन् ।

अध्यागमन विभागद्वारा आज यहाँ आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ (एफएनएमआइएस) कार्यक्रमको शुभारम्भ गर्दै मन्त्री अर्यालले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यथास्थानबाट सरोकार भएका सबैको यथोचित भूमिकाको अपेक्षा पनि सरकारले गरेको बताए ।  

उनले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको भ्रमण सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुर्‍याउने उद्देश्यले आज शुभारम्भ भएको यस प्रणाली अध्यागमन सूचना व्यवस्थापन प्रणालीमा एक कोशेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।  

विभागका महानिर्देशक रामचन्द्र तिवारीले यस प्रणालीले अध्यागमन कानुन बमोजिम विदेशी नागरिकको आवतजावत र बसाइँलाई प्रभावकारी बनाउने, आगन्तुकको व्यक्तिगत सुरक्षा थप मजबुत बनाउने, विपद्को समयमा खोजी तथा उद्धारमा सहजीकरण गर्ने, नेपाल बसाइँका क्रममा हुनसक्ने अवाञ्छित क्रियाकलापलाई निगरानी गर्ने, अपराध भएमा अनुसन्धान प्रभावकारी बनाउने र विश्वस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्‍याउने रहेको बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार