
गोकर्णेश्वर नगरपालिकाले मिसन रोजगारी कार्यक्रमअन्तर्गत २० दिने भिडियोग्राफी तालिम सुरु गर्दैछ।
नगरपालिकाको आर्थिक वर्ष २०६२/०६३ को स्वीकृत मिसन रोजगारी कार्यक्रमअनुसार नगरपालिकाको आर्थिक सहयोग तथा पर्सेप्ट मिडिया प्रोडक्सन प्रा.लि.को सहकार्यमा तालिम सञ्चालन गर्न लागिएको हो। तालिममा गोकर्णेश्वर नगरपालिकामा स्थायी बसोबास गर्ने १५ जना नगरवासीलाई अवसर दिइनेछ।
तालिममा सहभागी हुन इच्छुक योग्य व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र नगरपालिकाको सामाजिक विकास शाखामा निवेदन पेस गर्नुपर्नेछ।
तालिमका लागि गोकर्णेश्वर नगरपालिकाको स्थायी वासिन्दा हुनुका साथै कम्तीमा एसईई उत्तीर्ण गरेको र १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको हुनुपर्ने योग्यता तोकिएको छ।
निवेदनका साथ नागरिकता वा राष्ट्रिय परिचयपत्र, बसाइँसराइ वा विवाह दर्ता प्रमाणपत्र तथा शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी संलग्न गर्नुपर्ने प्रशासन शाखाद्वारा जारी सूचनामा उल्लेख छ।