
काठमाडौँ, साउन १७: आज (बिहीबार) सुनको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ ।
बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय निर्धारण भएको छ ।