बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार #कर्मचारीलाई कारबाही सिफारिस#कवीन्द्र बुर्लाकोटी#संसदीय विशेष समिति#भोटेकोशी बाढी#अखिल नेपाल फुटबल संघ#चार महिनापछि ताला खोलियो#सामाजिक सञ्जाल#स्वीप अपरेसन#कर्णाली याक्सको जित#कर्णाली याक्स#जनकपुर बोल्ट्स#अध्यागमन विभाग#पदयात्रा अनुमति बन्द#मुस्ताङको स्याउ#बिक्री हुन सकेन#कोशी प्रदेश सरकार
राजनीति

छानबिन आयोगद्वारा ओलीलाई बयानका लागि पत्र

बयान नदिने अडानमा रहेका ओली पत्र पाएपछि के गर्छन त्यो भने हेर्न बाँकी नै छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
छानबिन आयोगद्वारा ओलीलाई बयानका लागि पत्र
काठमाडौं, पुस २० :

जेनजी आन्दोलनको क्रममा भएको घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ ।

पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले आन्दोलन दमनसँग जोडिएका सबै सरोकारवालासँग बयान लिने क्रमअन्तर्गत ओलीलाई पत्राचार गरेको हो । आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेको छ ।

ओलीलाई आयोगले औपचारिक रूपमा पत्र पठाएर बयानका लागि उपस्थित हुन आग्रह गरेको हो । बयान नदिने अडानमा रहेका ओली पछिल्लो समय भने लचिलो बन्दै आयोगलाई जवाफ पठाउन तयार देखिए पनि आयोगमै उपस्थित भएर बयान नदिने बताउँदै आएका थिए । अब आयोगको पत्र पाएपछि के गर्छन् त्यो भने केही दिनमै थाहा हुनेछ । 

आयोगले यसअघि लेखकसँगै सुरक्षा निकायका प्रमुखहरू, काठमाडौंका तत्कालीन प्रमुख जिल्ला अधिकारीलगायतसँग पनि बयान लिइसकेको छ । ती सबैको बयान संकलनपछि आयोगले तत्कालीन प्रधानमन्त्री ओलीसँग बयान लिने तयारी गरेको जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा भएको दमन र त्यसमा भएका निर्णय प्रक्रियाबारे सत्यतथ्य पत्ता लगाउने उद्देश्यसहित आयोगले अनुसन्धान अघि बढाइरहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार