शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
खेलकुद क्रिकेट

इन्दु बर्माको कप्तानीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट खेल्ने

समूह ‘बी’मा रहेको नेपालले थाइल्यान्ड, नेदरल्यान्ड्, जिम्बावे र स्कटल्यान्डसँग खेल्ने छ ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २० पुस, २०८२ मा प्रकाशित
इन्दु बर्माको कप्तानीमा नेपालले महिला ट्वान्टी–२० विश्वकप छनोट खेल्ने
काठमाडौं, पुस २० :

महिला ट्वान्टी–२० विश्वकप छनोटका लागि आइतबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । 

इन्दु बर्माको कप्तानीमा घोषणा गरिएको टोलीमा पुजा महतो (उपकप्तान), रुविना क्षेत्री, सीता रानामगर, विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनीषा उपाध्याय रहेका छन् । 

समूह ‘बी’मा रहेको नेपालले  जनवरी १८ मा थाइल्यान्डसँग, जनवरी २२ मा नेदरल्यान्ड्ससँग, जनवरी २४ मा जिम्बावेसँग तथा जनवरी २६ मा स्कटल्यान्डसँग प्रतियोगिताको खेल्ने छ ।

समूह ‘ए’ मा बंगलादेश, आयरल्यान्ड, नामिबिया, पपुवा न्यु गिनी र अमेरिका रहेका छन् । प्रतियोगिताका खेलहरु त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुर र मूलपानीको तल्लो मैदानमा हुनेछ । दुवै समूहका शीर्ष ३ टोली सुपर सिक्समा पुग्ने छन्  । महिला ट्वान्टी–२० विश्वकप छनोट जनवरी १४ देखि फेब्रुअरी ३ सम्म काठमाडौंमा आयोजना हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार