मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्छ : शेखर कोइराला

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २२ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्छ :  शेखर कोइराला
काठमाडौं, पुस २२ :

नेपाली कांग्रेस वरिष्ठ नेता डा. शेखर कोइरालाले विशेष महाधिवेशन केन्द्रीय समितिले नै आह्वान गर्नुपर्ने बताएका छन् ।

सोमबार आफ्नै सचिवालयमा पार्टीका ३० भन्दा बढी केन्द्रीय सदस्यहरूको छलफलमा उनले यस्तो बताएका हुन् । केन्द्रीय समितिले नै महाधिवेशन बोलाउँदा एकताको सन्देश जाने पनि कोइरालाको भनाइ छ । अहिले राष्ट्रिय सभा र प्रतिनिधिसभाकै उम्मेदवार टुंग्याउनुपर्ने बताएका हुन् ।

नेता कोइरालाले कांग्रेसले प्रतिनिधिसभा चुनावमा कसैसँग गठबन्धन गर्न नहुनेसमेत बताए । गठबन्धनले प्रत्यक्ष निर्वाचनमा दुई-चार सिट बढी आए पनि समानुपातिकमा मत घट्ने उनको भनाइ छ ।

छलफलमा सहभागी अधिकांश केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनलाई चुनावी घोषणासभाका रूपमा रूपान्तरण गरेर निर्वाचनमा जानुपर्नेमा जोड दिएका थिए । छलफलमा केन्द्रीय सदस्यहरू पुष्पा भुसाल, चिनकाजी श्रेष्ठ, डिला संग्रौला, रामजनम चौधरी, उदयशमशेर राणा, अर्जुन जोशीलगायतका नेताहरु थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार