शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
खेलकुद

कागेश्वरी मनोहरामा पाँचौं वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुँदै

खेलकुदको विकासका लागि नगरपालिका सधैं तत्पर रहने : नगरप्रमुख कार्की
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २३ पुस, २०८२ मा प्रकाशित
कागेश्वरी मनोहरामा पाँचौं वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता हुँदै
काठमाडौं, पुस २३ :

कागेश्वरी मनोहरा नगरपालिकाले वागमती प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल तेक्वान्दो सङ्घ वागमती प्रदेश, जिल्ला समन्वय समिति तथा कागेश्वरी मनोहरा नगरपालिकाको समन्वयमा यही पुस २६ र २७ गते उक्त प्रतियोगिता गर्न लागिएको हो ।

नगरपालिकाले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी दिँदै प्रतियोगिताबाट खेलाडीहरूको वरियता निर्धारणसमेत गरिने जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै नगरप्रमुख उपेन्द्र कार्कीले तेक्वान्दो खेलले देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्न सक्ने बताउँदै यसको प्रवर्द्धन सबैको साझा दायित्व भएको उल्लेख गरे । उनले खेलकुद क्षेत्रबाट आर्थिक उपार्जनसमेत सम्भव रहेको र खेलकुदले विश्वव्यापी अर्थतन्त्रमा प्रभाव पारिरहेको जिकिर गरे । नगरप्रमुख कार्कीले कागेश्वरी मनोहरा नगरपालिका खेलकुद विकासका लागि सधैं तत्पर रहने प्रतिबद्धता जनाए ।

शेयर: Facebook Twitter WhatsApp

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार