बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति भिडियो

विशेष महाधिवेशन आजको आवश्यकता होइन : सिटौला

‘पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय समितिको निर्णय कार्यान्वयन गर्नुपर्छ’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २५ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन आजको आवश्यकता होइन : सिटौला
काठमाडौं, पुस २५ :

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नु नै पार्टीको एकता भएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा बसेको कांग्रेस संस्थापन पक्षको भेलापछि सञ्चारकर्मीसंग कुरा गर्दै सिटौलाले विशेष महाधिवेशन अहिलको आवश्यकता नभएको भन्दै पार्टीलाई एकताबद्ध ढंगले अघि बढाउन केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णय कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

अहिले पार्टीका नेताहरुकाबीचमा प्रतिष्पर्धा गर्ने बेला नभइ निर्वाचनमा पार्टी एकताबद्ध भएर जाने बेला भएको उनले बताए । उनले आफूहरु पार्टी एकताको पक्षमा, समझदारीको पक्षमा, कार्य सम्पादन समितिले गरेको निर्णयको पक्षमा लागिरहने उल्लेख गरे । 

विशेष महाधिवेशनको पक्ष वा विपक्षमा कति छन् भन्ने अलग कुरा रहेको भन्दै सिटौलाले विशेष महाधिवेशन आजको आवश्यकता नरहेको स्पष्ट पारे। निर्वाचनको तयारी गर्नुपर्ने बेला पार्टीभित्र भएको खैलाबैला उचित नभएको उनको भनाइ छ । 

पार्टी जोगाउनलाई के गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा सिटौलाले सर्वसम्मत वा बहुमत जेबाट भएपनि पार्टीले गरेको निर्णयको पालना गर्नु नै पार्टीको हितमा र पार्टी एकताको पक्षमा हुने बताए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार