मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार राजनीति

६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिएको महाधिवेशन पक्षको दाबी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
६० प्रतिशत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा उभिएको महाधिवेशन पक्षको दाबी
काठमाडौं, पुस २६ :

नेपाली कांग्रेसको भोलीदेखि सुरु हुने दोस्रो विशेष महाधिवेशनमा आफ्नो पक्षमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि उभिएको दाबी गरेको छ ।

आयोजक समितिले काठमाडौँको भृकुटीमण्डपमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा विशेष महाधिवेशनको पक्षमा ६० प्रतिशत पुगेको दाबी गरेको हो ।

विशेष महाधिवेशनको माग गर्दा ५४.५८ प्रतिशतले हस्ताक्षर गरे पनि अहिले सङ्ख्या झनै बढेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले बताए । काठमाडौंमा पत्रकार सम्मेलन गरेर पहिला हस्ताक्षर नगरेका तनहुँ, झापा, धनुषा, रुपन्देही, मनाङलगायतका जिल्लाका प्रतिनिधि पनि खुलेको नेता अजयबाबु शिवाकोटीले बताए।

महाधिवेशनको उद्घाटनको प्रमुख अतिथिका लागि सभापति शेरबहादुर देउवालाई निम्तो दिइएको छ ।

विशेष महाधिवेशनको पक्षमा नउभिएका नेता तथा केन्द्रीय सदस्यहरुलाई समेत निमन्त्रणा दिइएको छ ।

उद्घाटन समारोह भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार