मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
समाचार राजनीति

विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा,निम्तो पत्र बुझ्न सभापति देउवाले गरे अस्वीकार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २६ पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा,निम्तो पत्र बुझ्न सभापति देउवाले गरे अस्वीकार
पुस २६ :

नेपाली कांग्रेसको आईतबारबाट सुरु हुने दोस्रो विशेष महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।  

पुस २७ र २८ गते हुने उक्त विशेष महाधिवेशनको काठमाडौँस्थित भृकुटीमण्डपमा आइतबार दिउँसो १ बजे उद्घाटन हुने तय भएको छ । उद्घाटन सत्रका लागि भृकुटीमण्डपको खुला चौरमा ५० जना अतिथि अटाउने गरी मञ्च  निर्माण गरिएको छ ।  

त्यसैगरी मञ्चको अगाडि खुला चौरमा भने छ हजारभन्दा बढी कुर्सीको व्यवस्थापन गरिएको छ ।  मञ्च वरिपरि कांग्रेसको झण्डा,गेट,ब्यानर तथा प्रचारप्रसारका सामग्री राखेर सजाइएको छ । 

तर सभापति शेरबहादुर देउवाको सचिवालयले आइतबारदेखि हुँदै गरेको दोस्रो विशेष महाधिवेशनको निम्तो पत्र बुझ्न अस्वीकार गरेको छ ।

साहले देउवा निवास पुगेपछि भएको घटनाबारे जानकारी दिँदै भने, 'मैले देउवा निवासमा गेट खोलेँ । त्यहाँ  मुख्यसचिव कृष्णप्रसाद पौडेल पनि हुनुहुँदो रहेछ । उहाँलाई चिठी दिएँ ।  मलाई उहाँले किन चिठी दिने सभापतिजीलाई नै दिनुस् भन्नुभयो । त्यसको केहीबेरमा सभापति देउवाका स्वकीय सचिव भानुजी बाहिर निस्कनुभयो । उहाँलाई चिठी दिएँ । पढ्नुभयो । पढेपछि उहाँले चिठी मेरै खल्तीमा हाल्नुभयो र तपाईंलाई लाज लाग्दैन,बाहिर जानुस् भन्नुभयो ।’

विशेष महाधिवेशन अतिथि स्वागत तथा सत्कार समितिका संयोजक रामपल्टन साह निम्तो पत्र बुझाउन शनिबार दिउँसो पार्टी सभापति देउवा निवास महाराजगञ्ज पुगेका थिए ।

सभापति देउवालाई विशेष महाधिवेशन उद्घाटनका लागि निम्तो पत्र दिन जाँदा देउवाका स्वकीय सचिव भानु देउवाले पत्र पढे पनि सभापतिलाई भेट्न नदिई विशेष महाधिवेशन पक्षधर नेता साहलाई फिर्ता पठाएका हुन् ।  

साहले आफू सचिवालयबाट अपमानित भएर फर्कनु परेको गुनासो गरे ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार