मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन [लाइभ]

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
महामन्त्रीद्वय गगन र विश्वप्रकाशले गरे विशेष महाधिवेशनको उद्घाटन [लाइभ]
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले  विशेष महाधिवेशनको उद्घाटन गरेका छन् ।  भृकुटीमण्डमा भएको महाधिवेशनको उनीहरूले पानसमा बत्ती बालेर उद्घाटन गरेका हुन् । पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का नगएपछि महामन्त्रीद्वयले उद्घाटन गरेका हुन् । 
उद्घाटनका लागि पार्टी सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई ल्याउन पहल गरिएको थियो । नेता,कार्यकर्ता र प्रतिनिधिहरु काठमाडौं र ललितपुरका विभिन्न स्थानमा भेला भई र्‍यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका थिए ।

ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट भृकुटीमण्डपतर्फ जाँदै गर्दा कार्यकर्ताहरुले विशेष महाधिवेशनको पक्षमा नारा लगाएका थिए ।

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको छ । आज र भोलि हुने महाधिवेशनको उद्घाटन सत्र केहीबेरबाट सुरु भएको छ । भोलि बन्दसत्र हुने बताइएको छ ।

संस्थापन पक्षका को-को पुगे ?

पार्टीभित्र चर्को आन्तरिक विवादकाबीच काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन सुरु भएको छ । महाधिवेशनमा संस्थापन पक्षका केही पुराना नेताहरु पनि उपस्थित भएका छन् ।

नेताहरु तारामान गुरुङ, चिनकाजी श्रेष्ठ, पुष्पा भुसाल, महालक्ष्मी उपाध्याय डिना संग्रौला, कर्ण मल्ल अर्जुन जोशी, अर्जुननरसिंह केसी, तारानाथ रानाभाट उपस्थित छन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार