मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

शासन सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा देश संकटमा पुग्यो : नेता भण्डारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २७ पुस, २०८२ मा प्रकाशित
शासन सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा देश संकटमा पुग्यो : नेता भण्डारी
काठमाडौं, पुस २७ :

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले राजनीतिक दलहरूले शासन सत्ता प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा मुलुक अहिले गम्भीर संकटमा पुगेको बताएका छन्।

कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले देश र प्रजातन्त्र दुवै जोखिममा रहेको उल्लेख गरे। जेन–जी आन्दोलनपछि मुलुक थप संकटमा परेको चर्चा गर्दै उनले देश र लोकतन्त्र जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

उनले अहिलेसम्म विभिन्न आन्दोलनहरू भए पनि तिनको उपलब्धि शासन सञ्चालनमा देखिन नसकेको बताए।  उनले भने, ‘हामीले समाजमा आशा जगाउन सकेनौँ। आन्दोलन गर्न सक्यौँ, शासन सत्ता सञ्चालन गर्न सकेनौँ।’

विशेष महाधिवेशनले कांग्रेस र देशलाई अगाडि लैजान सक्ने सक्षम नेतृत्व चयन गर्नुपर्नेमा उनले जोड दिए। अब समाजमा आशा जगाउने समय आएको उल्लेख गर्दै त्यसका लागि उपयुक्त नीति र नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार