मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति बागमती प्रदेश

नेपाली कांग्रेसमा प्राइमरी निर्वाचनको व्यवस्था

सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २८ पुस, २०८२ मा प्रकाशित
नेपाली कांग्रेसमा प्राइमरी निर्वाचनको व्यवस्था
काठमाडौं, पुस २८ :

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनमा पहिलोपटक प्राइमरी निर्वाचनको व्यवस्था गर्ने प्रस्ताव पेस भएको छ । 

प्रतिवेदन पेस गर्दै महामन्त्री गगनकुमार थापाले प्राइमरी निर्वाचनले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गरे। यसले समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र योगदानका आधारमा उम्मेदवार छनोटको व्यवस्था गर्ने छ ।

काठमाडौंको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा उनले पेस गरेको राजनीतिक प्रस्तावमा पार्टीभित्र आन्तरिक प्रतिष्पर्धा (प्राइमरी निर्वाचन)को व्यवस्था गरिने उल्लेख छ । 

‘पार्टीभित्र सम्बन्धित तहका सदस्यबाट प्राइमरी निर्वाचन को व्यवस्था गरी सबैभन्दा बढी मत ल्याउने महिलासहित तीनजना व्यक्तिमध्यबाट सम्बन्धित तहमा उम्मेदवार बनाउने प्रणाली लागू गरिने छ,’ महामन्त्री थापाबाट प्रस्तुत प्रस्तावमा लेखिएको छ, ‘यसका लागि डिजिटल उम्मेदवार मूल्यांकन तथा सिफारिस प्रणालीले सबै इच्छुकलाई समान अवसर दिँदै योग्यता, क्षमता, इमानदारी र संगठनगत योगदानका आधारमा उम्मेदवार छनोट गर्ने सुनिश्चित गर्दछ ।’

प्राइमरी निर्वाचनको व्यवस्थाले पार्टीभित्र आन्तरिक लोकतन्त्र मजबुत बनाउने, विवाद घटाउने र पार्टीप्रतिको जनविश्वास बढाउने महामन्त्री थापाको विश्वास छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार