बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

सहमतिको निर्णय विशेष महाधिवेशनको हलबाटै हुनुपर्छ : महामन्त्री गगन थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २९ पुस, २०८२ मा प्रकाशित
सहमतिको निर्णय विशेष महाधिवेशनको हलबाटै हुनुपर्छ : महामन्त्री गगन थापा
काठमाडौं, पुस २९ :

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सहमतिका नाममा हुने जुनसुकै निर्णय पनि विशेष महाधिवेशनकै हलबाट हुनुपर्ने स्पष्ट पारेका छन्। 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीभित्र भइरहेको संवाद र सहमतिको अन्तिम निष्कर्ष यहीँबाट सार्वजनिक हुनुपर्ने बताएका हुन्।

महामन्त्री थापाले विशेष महाधिवेशनलाई औपचारिक निर्णयको वैध थलोका रूपमा व्याख्या गरेका छन्। उनले भने, ‘यो विशेष महाधिवेशन हो। यो हलबाट निर्णय गरेर ठिक छ भनेर भनेपछि दुईवटा महामन्त्रीले मान्नुपर्छ।’सहमतिको प्रक्रियालाई प्रतिनिधिमूलक र पारदर्शी बनाउनुपर्नेमा उनले जोड दिए।

थापाले पार्टीभित्र विगतमा गुट निर्माण विचार वा सिद्धान्तभन्दा पनि व्यक्तिगत सुरक्षाका लागि भएको धारणा व्यक्त गरे।

विशेष महाधिवेशनको जोखिम उठाउने क्रममा आफूहरू व्यक्तिगत लाभका लागि नभई पार्टी सुधार र संस्थागत निर्णयका लागि अघि बढेको उनको भनाइ थियो। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार