सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
समाचार राजनीति

पार्टीको एकता जोगाउन सभापति देउवा लचक

· बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
पार्टीको एकता जोगाउन सभापति देउवा लचक
काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको एकता कायम राख्न आफू लचक रहेको बताएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा काठमाडौँमा जारी विशेष महाधिवेशनका सन्दर्भमा उत्पन्न विवाद समाधानका लागि आज पार्टी सभापति देउवा र महामन्त्री गगन थापासहित विश्वप्रकाश शर्माबीच छलफल भएको थियो ।

देउवा निवास महाराजगञ्जमा बिहान भएको छलफलमा सभापति देउवाले आफू पार्टीको एकता बचाउनका लागि हिजो पनि काम गर्दै आएको र आज पनि त्याग गर्न तयार रहेको बताउनुभएको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।

सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मालाई पनि पार्टीको एकता बचाउनका लागि तयार हुन आग्रह गरेका छन् । पार्टीका तर्फबाट टिकट वितरणका लागि निर्वाचनमा आफ्नो आधिकारिक हस्ताक्षर बुझाइएको विषयमा त्याग गर्नुपर्ने मागका सन्दर्भमा उनले आफू त्यसलाई छोड्न तयार रहेको बताउनुभएको प्रवक्ता डा महतले जानकारी दिए ।

कांग्रेसको यसअघिको केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय गरी सभापति देउवाको हस्ताक्षर निर्वाचन आयोग पठाइएको थियो । सोहीअनुसार आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभामा समानुपातिकतर्फको पार्टीका टिकट वितरण भइसकेको छ । अब प्रत्यक्षतर्फको मात्र टिकट वितरण हुन बाँकी छ ।

अरु विशेष महाधिवेशनलगायतका विषयमा उनीहरुबीच छलफल भएको र केन्द्रीय कार्यसमितिमार्फत ती विषय टुङ्ग्याउन आग्रह गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले सभापति देउवासँग छलफल भएका विषयमा विशेष महाधिवेशनमा रहे साथीहरुसँग छलफल गर्ने भनेर बैठकबाट निस्कनुभएको प्रवक्ता डा महतले जानकारी दिए । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार