सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

विशेष महाधिवेशन : निर्वाचन ४ बजेसम्मलाई सारियो

८ बुँदे प्रस्ताव बोकेर महामन्त्री शर्मा सानेपामा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, ३० पुस, २०८२ मा प्रकाशित
विशेष महाधिवेशन : निर्वाचन ४ बजेसम्मलाई सारियो
काठमाडौं, पुस ३० :

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ८ बुँदे प्रस्ताव लिएर केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि अघि सारेका प्रस्ताव लिएर पार्टी कार्यालय पुगेका हुन् ।

उक्त प्रस्तावमा अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीका रुपमा अघि सार्नुपर्नेसहितका ८ बुँदे समेटिएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन अघि बढिरहँदा शर्माले अन्तिम प्रयत्नस्वरुप संस्थापनलाई आठ बुँदे प्रस्ताव गरेका हुन् ।  सानेपामा भने संस्थापनले केन्द्रीय कार्यसमिति राखेर विशेष महाधिवेशन पक्षधरलाई कारबाहीको अर्को तयारी पनि गरिरहेको छ ।
सानेपामा मध्यमार्गी धार समातेका नेता डा. शेखर कोइराला पनि सानेपामा नै रहेका छन् । संस्थापनसँगको संवादले विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका अपराह्न ४ बाजेसम्मलाई सारिएको छ । विशेष महाधिवेशनमा सभापतिका लागि गगन थापाको मात्रै उम्मेदवारी परेको छ। महामन्त्रीका विश्वप्रकाश शर्मा र प्रदीप पौडेलको उम्मेदवारी परेको छ

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार