मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

कांग्रेस फुट्ने अवस्था आए हलबाट सबैभन्दा पहिला बाहिरिन्छु भन्ने विश्वप्रकाश शर्मा अहिले के भन्छन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १ माघ, २०८२ मा प्रकाशित
कांग्रेस फुट्ने अवस्था आए हलबाट सबैभन्दा पहिला बाहिरिन्छु भन्ने विश्वप्रकाश शर्मा अहिले के भन्छन् ?
काठमाडौं, माघ १ :

 नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको बहस चर्किएका बेला नेता विश्वप्रकाश शर्माले ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन  विभाजनको अवस्था आए आफू सबैभन्दा पहिला अधिवेशन हलबाट बाहिरिन्छु’ भन्ने अभिव्यक्ति दिएका थिए।

आयोगमा विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको जानकारी गराएर बिहीबार आयोगबाट बाहिरिने क्रममा शर्मालाई आफूले बोकेको त्यही कुराले पत्रकार सामु अप्ठयारो पार्यो । पत्रकारले उनले नै बोकेकै विभाजनको कुरालाई स्मरण गर्दै सोध्दा उनले त्यसलाई घुमाउरो जवाफ दिए ।

शर्माले प्रतिप्रश्न गर्दै भने, ‘कहाँ विभाजन भयो त पार्टी ?’ उनले कांग्रेस विभाजन नभएको दाबी गर्दै पार्टी एकढिक्का भएर आगामी निर्वाचनको तयारीमा लाग्ने बताए। शर्माले पार्टीको नीति, नेतृत्व र संरचना समग्र रूपमा अध्यावधिक भएको जानकारी निर्वाचन आयोगलाई लिखित तथा मौखिक रूपमा दिइएको उल्लेख गरे।

शर्माले पार्टीको नीति, नेतृत्व र संरचना समग्र रूपमा अध्यावधिक भएको जानकारी निर्वाचन आयोगलाई लिखित तथा मौखिक रूपमा दिइएको उल्लेख गरे।शर्माको भनाइसँगै कांग्रेसभित्रको पछिल्लो राजनीतिक घटनाक्रम र विभाजनसम्बन्धी बहसले अझ चासो पाएको छ।

शर्मा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका उपसभापति चयन भएका व्यक्ति हुन् ।नयाँ नेतृत्व चयन भएपछि पार्टीको विवरण अद्यावधिक गर्न सभापति गगन थापा, उपसभापति शर्मा लगायत नवनिर्वाचित पदाधिकारीहरू बिहीबार निर्वाचन आयोग पुगेका थिए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार