काठमाडौं, माघ १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता नलिन माग गर्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।

जेन–जी सेन्टरको आयोजनामा बिहीबार काठमाडौँको माइतीघर विरोध प्रदर्शन भएको हो। प्रदर्शनमा सहभागीहरूले लामिछानेविरुद्धको मुद्दा कायमै राख्नुपर्ने माग गरेका छन्।

उनीहरूले लामिछानेविरुद्धको मुद्दा कायम गर , भ्रष्ट महान्यायाधिवक्ता राजीनामा दे लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

महान्यायाधिवक्ता सविता भण्डारीले बुधबार रवि लामिछानेविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयलाई निर्देशन दिएकी थिइन् ।