सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

आयोगबाट गतल निर्णय भए निर्वाचन छोडेर आन्दोलनमा जान्छौं : पूर्णबहादुर खड्का

केही व्यक्तिले विशेष महाधिवेशनको नाममा विधानविपरीत भेला गरेका हुन् ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २ माघ, २०८२ मा प्रकाशित
आयोगबाट गतल निर्णय भए निर्वाचन छोडेर आन्दोलनमा जान्छौं : पूर्णबहादुर खड्का
ललितपुर, माघ २ :

शेरबहादुर देउवा नेतृत्वको कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले षड्यन्त्रमा लागेर निर्वाचन आयोगले गलत निर्णय गरेमा देशव्यापी आन्दोलनमा जाने चेतावनी दिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार पत्रकार सम्मेलन गरी उनले  निर्वाचन आयोगमा आफूहरूको विश्वास रहेको भए पनि बाहिर भइरहेका चर्चाले आशंका उब्जिएको बताए ।  गतल निर्णय भएमा निर्वाचन छोडेर आन्दोलनमा उत्रिने उनकोचेतावनी थियो।

पार्टीको विधानविपरीत केही व्यक्तिले विशेष महाधिवेशनको नाममा भेला गरेको खड्काको भनाइ थियो । उनले भने, ‘पार्टीको अधिवेशन तथा विशेष महाधिवेशन गर्ने अधिकार केन्द्रीय समितिलाई मात्रै छ।’ निर्वाचन आयोगमा आफ्ना वैधानिक कुराहरू, नेपाली कांग्रेस, विधान सबैको विषयमा गम्भीर ध्यानाकर्षण गराएको समेत खड्काले जानकारी गराए । देउवा पक्षले आज बिहान निर्वाचन आयोगमा गएर प्रतिनिधिहरुले हस्ताक्षर फिर्ता गरेको लगायतको बारेमा जानकरी गराएको थियो ।

त्यसो त विशेष महाधिवेशनबाट निर्वाचित भएका गगन थापा लगायतका नयाँ कार्यसमितिले पनि हिजै आयोगमा गएर विवरण अध्यावधिक गराउन निवेदन दिइसकेको छ । अहिले दुबै पक्षको कागजात निर्वाचन आयोगमा पुगेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार